भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८३, मंगलवार

    दमौली, ६ असोज । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।

    व्यास नगरपालिका–५ निवासी कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत थिइन् । भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएकी उनकाे खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेपछि परिवारले आज व्यास नगरपालिका–५ स्थित ८८पाटन घाटमा कुशको शव बनाएर दाहसंस्कार गरेको हो ।

    No photo description available.
    May be an image of text

    विसं २०६२ असोज ३० गते जन्मिएकी कुमाल विसं २०८१ मा नेपाली सेनामा भर्ती भएकी थिइन् । नेपाली सेनामा सेवा सुरु गरेपछि उउनी रसुवाको टिमुरेमा रहेको श्रीनाथ गणमा कार्यरत थिइन् ।

    भोटेकोशीमा आएको बाढीपछि कुमाल बेपत्ता भएकी थिइन् । बाढीमा बेपत्ता भएपछि परिवारजन तथा सुरक्षाकर्मीले उनकाे खोजीलाई निरन्तरता दिएका थिए । विभिन्न स्थानमा खोजी गरिए पनि २७ दिनसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन ।

    No photo description available.
    May be an image of one or more people and text

    समय बित्दै जाँदा शव भेटिने सम्भावना न्यून हुँदै गएपछि परिवारले अन्ततः धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।

    स्वर्गीय कुमालका पिता अमर कुमालले छोरीको शव भेटिने आश हुँदाहुँदै पनि लामो समयसम्म खोजी गर्दा कुनै जानकारी प्राप्त नभएपछि परिवार, आफन्त तथा शुभेच्छुकको सल्लाहमा कुशको शव बनाएर दाहसंस्कार गरिएको बताए ।

    छोरीको वास्तविक शव फेला नपरे पनि अन्तिम संस्कार गर्नुपर्ने बाध्यताले परिवार भावविह्वल बनेको थियो । छोरीको अवस्था थाहा पाउने आशमा २७ दिनसम्म पर्खिए पनि कुनै खबर नआएपछि भारी मनले अन्तिम संस्कार गर्नुपरेको उनले बताए ।

    May be an image of one or more people and text

    कुमालको अन्तिम संस्कारअघि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट नेपाली सेनाको टुकुडी पाटन घाट पुगेको थियो । सेनाको टोलीले स्वर्गीय कुमालप्रति शोक सम्मान व्यक्त गरेको थियो ।

    नेपाली सेनामा कार्यरत रहँदा कुमालले निर्वाह गर्नुभएको सेवाको सम्मानस्वरूप सेनाको टोलीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । त्यसपछि उनका हजुरबुबा गुरुबहादुर कुमालले कुशको शवमा दागबत्ती दिएका थिए ।

    कुमालको अन्तिम संस्कारमा परिवारका सदस्य, आफन्तजन, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो । पाटन घाटमा भएको अन्तिम संस्कारको दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो । परिवारका लागि छोरीको शवसमेत नदेखी अन्तिम संस्कार गर्नुपर्ने अवस्था थप पीडादायी बनेको छ ।