बन्दीपुरमा पहिरोले घर जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    बन्दीपुरमा पहिरोले घर जोखिममा

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८३, सोमबार

    तनहुँ १२ असाेज । बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गामा पहिरो खस्दा एक दुईतले पक्की घर जोखिममा परेको छ।सोमबार साँझ करिब ५ बजे भोजराज थापाको घरको पछाडिबाट पहिरो खसेपछि घर जोखिममा परेको हो।

    पहिरोबाट मानवीय क्षति भने भएको छैन।घरमा बस्दै आएका चार जना परिवारका सदस्यहरू सुरक्षित स्थानमा सरेर बन्दीपुर–४ धाब्रेस्थित आफ्नै पुरानो घरमा गएर बसेका छन्।घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी डुम्रे, तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।