माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८३, सोमबार

    बागलुङ, १९ असोज । बागलुङ निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन्।

    आज बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

    मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन ।

    घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप बिवरण आउन बाकिँ छ ।