सुरेन्द्रराज पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुरेन्द्रराज पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८३, सोमबार

    काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    पाण्डेले पार्टीको एकता, संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तीन पटक केन्द्रीय सदस्य तथा ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा काम गरेको अनुभवलाई आगामी यात्रामा उपयोग गर्ने उनले बताएका छन्।

    उनले सबै तह र पुस्ताका नेता–कार्यकर्ताबीच संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एकता कायम गर्न आफूले भूमिका खेल्ने उल्लेख गरेका छन्। साथै, महाधिवेशन प्रतिनिधि, अग्रज, सहकर्मी तथा युवा पुस्ताको साथ र सहयोगबाट आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका छन्।