इन्जिनियर गुप्तासहित १३ जना आफन्तविरुद्ध १७ करोडको भ्रष्टाचार मुद्दा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इन्जिनियर गुप्तासहित १३ जना आफन्तविरुद्ध १७ करोडको भ्रष्टाचार मुद्दा

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशीप्रसाद गुप्तासहित उनका १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    पदीय हैसियको दुरुपयोग गरी आर्जन गरेको सम्पती श्रीमती गीतासहित १२ जनाको नाममा रोखेका पाइएको आयोगले जनाएको छ। प्रवक्ता तारानाथ अधिकारीका अनुसार १३ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।

    २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा गरेका गुप्ता गतवर्ष असार ५ गते सिडिई पदबाट अवकाश पाएका थिए। अनुसन्धानको क्रममा सेवामा रहँदा उनले १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ आम्दानी गरे पनि वैधानिक आम्दानी भने एक करोड ११ लाख ६९ हजार नौ सय ६२ रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ।

    उनको खर्च तथा लगानी र सार्वजनिक जीवन आम्दानीको तुलनामा अमिल्दो र अस्वभाविक भएको भन्दै आयोगमा उजुरी परेपछि छानबिन अघि बढाएको थियो। अनुसन्धानको क्रममा गुप्ता दम्पतीले आफन्तको नाउमा सम्पति लुकाएको पाइएको छ।

    आफन्तहरु अन्जुकुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचनाप्रसाद शाहा, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ।

    उनीहरुको नाउँमा खोलिएको खातामा १० करोड ४४ लाख ४३ हजार भन्दा बढी लुकाइ राखेको पाइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।