ऑबुखैरेनीका युवाको कोरोना सङ्क्रमणबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका युवाको कोरोना सङ्क्रमणबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ निवासी ३९ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहॉको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

    अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बिहीबार बिहान १२:५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आउनुभएका उहॉमा ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उहॉको उपचार भईरहेको थियो ।

    योसँगै कोरोना सङ्क्रमणबाट तनहुँका पॉच जनाको मृत्यु भएको छ । यसअगाडी व्यास नगरपालिका-१, २, म्याग्दे गाउँपालिका-१ र ऑबुखैरेनी गाउँपालिका-४ का एक/एक जनाको पोखरा र काठमाडौमा मृत्यु भएको थियो ।

    फाइल तस्वीर