तनहुँ : बार निर्धारण गरेर सेवा प्रवाह गरिरहेको मालपोत कार्यालय तनहुँले कार्यतालिका परिमार्जन गरेको छ । जिल्लाका दश वटै स्थानीय तहलाई हप्तामा पालैपालो बार निर्धारण गरिएपनि तोकिएको बार भन्दा फरक दिनमा पनि सेवाग्राहीको चाप बढेपछि कार्यालयले असाेज ११ गतेदेखि लागु हुने गरी कार्यतालिका परिमार्जन गरेको हो ।
मालपोत कार्यालयमा सेवाग्राहीहरुको अत्याधिक भीड हुने र कोभिड–१९ को जोखिम कायमै रहेकाले प्रत्येक पालिकालाई बार निर्धारण गरेर सेवा दिइने प्रमुख मालपोत अधिकृत शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार र सोमबार व्यास नगरपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, बुधबार भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका, बिहीबार भानु नगरपालिका, देवघाट र घिरिङ गाउँपालिका र शुक्रबार बन्दीपुर र आँबुखैरेनी गाउँपालिकालाई बार निर्धारण गरिएको छ ।
यस अगाडी कार्यालयले असार १ गतेदेखि स्थानीय तह अनुसारको बार निर्धारण गरेको थियो । मालपोत जिल्लाका सरकारी कार्यालयमध्ये सबैभन्दा बढी भीड हुने कार्यालयमा पर्दछ ।