गण्डकी प्रहरी प्रमुख कोरोनामुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रहरी प्रमुख कोरोनामुक्त

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    पोखरा : गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । भदौ १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना संक्रमण परीक्षणमा प्रहरी नायव महानिरीक्षक अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

    रिपोर्ट पोजिटिभ देखिएसँगै निवासमा आइसोलेशनमा रहनुभएका प्रहरी नायव महानिरीक्षक अर्यालले यही असोज ११ गते दिनुभएको स्वाब परीक्षणको रिपोर्ट असोज १२ गते नेगेटिभ आएसँगै कोरोना संक्रमणबाट मुक्त हुनुभएको हो ।