नवलपुरमा २८ सहित गण्डकीमा थपिए ३० कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नवलपुरमा २८ सहित गण्डकीमा थपिए ३० कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशमा बुधबार ३० नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार नवलपुर, कास्की र गोरखामा ३० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरका २८, कास्की र गोरखामा एक÷एक सङ्क्रमित थपिएका छन् । नवलपुरको गैडाकोट नगरपालिका वडा नं १, २, ४ ८, १३, १४, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ र गोरखाको आरुघाट गाउँपालिका वडा नं ९ मा सङ्क्रमित थपिएका छन् ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ८ सय ६३ पुगेको छ ।