काठमाडौं : नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण जोखिमसमेत बढेकाले दसैंमा नयाँ नोट वितरण नगर्ने योजना बनाएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंकमै डेपुटी गभर्नरसहित विभिन्न विभागका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका छन् । यस्तो अवस्थामा नयाँ नोट वितरण गर्दा भिड हुने र त्यसले कोरोना संक्रमणको जोखिम बढाउने भएकाले नयाँ नोट वितरण नगर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।