जिपीका चिकित्सक सहित तनहुँमा थपिए ९ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीका चिकित्सक सहित तनहुँमा थपिए ९ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सक सहित जिल्लामा ९ जना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान सार्वजनिक गरेको विवरण अनुसार जिपी कोइराला अस्पतालका पाँच जना सहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमण पुष्टि हुनेमा अस्पतालका कार्यरत २६, २४, २७ वर्षीया महिला र २८ र४७ वर्षीय पुरुष छन् । सङ्क्रमित अस्पतालका चिकित्सक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारी रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    असार १५ गते अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । कन्ट्याक्ट ट्रेसिङबाट अस्पतालका ५० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । असार १५ गतेदेखि नै अस्पतालले प्रशासनिक र आइसोलेशन बाहेकका सबै सेवा बन्द गरेको छ ।

    व्यास र देवघाटमा चार सङ्क्रमित

    यसैगरी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा व्यास नगरपालिका र देवघाट गाउँपालिकाका दुई÷दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–११ का २६ वर्षीया महिला, वडा नं २ का ३९ वर्षीय पुरुष, देवघाट गाउँपालिका–२ का २३ र वडा नं ४ का ८० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।