तनहुँ : तनहुँको देवघाट गाउँपालिका निवासी एक युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कलेजका डा. अनुप पौडेलका अनुसार देवघाट गाउँपालिका-५ की २२ वर्षीया युवतीलाई सङ्क्रमण पुष्टि भएको छ ।