विद्यार्थीलाई पोखरा सर्मपणको शैक्षिक सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यार्थीलाई पोखरा सर्मपणको शैक्षिक सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    तनहुँ : बन्दीपुर गाउँपालिका–२ आरथुम्का (भुजेल गाउँ) स्थित भैरव आधारभूत विद्यालयका विद्यार्थी शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग आएको छ । लायन्स क्लब अफ पोखरा सर्मपणले अति विपन्न भुजेल बस्तीका विद्यार्थीलाई सहयोग गरेको हो ।

    विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई विद्यालयको पोशाक, झोला, चप्पल र शैक्षिक सामाग्री वितरण गरेको क्लबकी अध्यक्ष भावना बस्यालले बताउनुभयो । पोशाक सिलाउने व्यवस्था समेत गरेको उहॉको भनाई छ । ‘विद्यार्थीलाई पढाईमा उत्प्रेरित गर्न सघाएका हौँ’, उहॉले भन्नुभयो । ५० हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।