चितवनमा थप ३४ जनामा संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थप ३४ जनामा संक्रमण

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७७, मंगलवार

    चितवन : चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् ।संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन् ।

    भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै माडी कि १ महिला, खैरहनीका १ पुरूष,  रत्ननगरका २ पुरूष र इच्छाकामनाका १ पुरूषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभयो ।