स्याङ्जाकी कोरोना संक्रमितको पोखरामा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जाकी कोरोना संक्रमितको पोखरामा मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको भीरकोट नगरपालिका २ की ५२ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

    उनी २६ असोजमा अस्पताल भर्ना भएकी थिइन् । ती महिलामा कोभिडसँगै थाइरोइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयाे । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

    मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।