अस्पतालकाे तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अस्पतालकाे तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    काठमाडौं : काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ । सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

    घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए । उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।