तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास-७ सत्रसयबाट अवैध काठको साल काठ बरामद गरेको छ । जनकल्याण सामुदायिक वनबाट अवैध रुपमा सालको काठ ओसारपसार गरेको अभियोगमा ग१त ६०७० नंको ट्याक्टर सहित ११.२२ क्युफिट काठ बरामद भएको हो ।
काठ सहित ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।