कुम्लेखाेलामा बस र माेटरसाइकल ठाेक्कियाे : माेटरसाइकल चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कुम्लेखाेलामा बस र माेटरसाइकल ठाेक्कियाे : माेटरसाइकल चालक घाइते

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखाेलामा बुधबार बस र माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा भीमाद नगरपालिका-६ बस्ने १७ वर्षीय सन्जु शाही रहेकाे प्रहरीले जनाएकाे छ ।

    दमाैलीबाट पाेखरातर्फ जाँदै गरेकाे ग ५ ख ९०४७ नं काे बस र विपरित दिशाबाट आउँदै गरेकाे ग ८ प ४४७४ नं काे माेटरसाइकल ठाेक्किदा शाही घाइते भएका हुन् । घाइतेलाई तत्कालै जिपी काेइराला उपचार केन्द्र पठाइएकामा थप उपचारका लागि जिएमसी अस्पताल पाेखरा रिफर गरिएकाे छ ।

    घाइतेकाे दायाँ खुट्टामा चाेट लागेकाे छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।