राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा युवाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा युवाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–४ भाँगे बस्ने १९ वर्षीय अन्जन सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उनको उपचारका क्रममा आँबुखैरेनी हाडजोर्नी अस्पतालमा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२–१३ प २१०६ नं को मोटरसाइकल सोही दिशातर्फ रोकिराखेको ना ५ ख ८८९२ नं को ट्रकमा ठोक्किदा सुनार घाइते भएका थिए ।