भानुमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री घाइते

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    तनहुँ : डुम्रे-वेशीसहर सडकखण्ड अन्तरगत तनहुँको भानु नगरपालिका-१ सालबिस्नेमा आइतबार एम्बुलेन्सको ठक्करबाट पैदलयात्री महिला घाइते भएकी छन् । भन्सारबाट डुम्रेतर्फ आउँदै गरेको बा५च ६२५८ नम्बरको एम्बुलेन्सको ठक्करबाट पर्सा हरैचा गाउँपालिका-४ घर भई हा सालबिस्ने बस्ने २६ वर्षीया नम्मी माझी घाइते भएकी हुन् ।

    घाइतेलाई डुम्रेस्थित मोती क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।