आँबुखैरेनीका ६ सहित तनहुँमा पुनः थपिए १५ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका ६ सहित तनहुँमा पुनः थपिए १५ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँमा पुनः १५ कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा तनहुँका १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले आइतबार साँझ सार्वजनिक गरेको विवरण अनुसार आँबुखैरेनीका छ, भानु नगरपालिकाका चार, व्यास नगरपालिकाका दुई, बन्दीपुर गाउँपालिकाका एक, घिरिङ गाउँपालिकाका एक र शुक्लागण्डकी नगरपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    आँबुखैरेनी–१ का २८ वर्षीया महिला र २८ वर्षीय पुरुष, आँबुखैरेनी–३ का २५, ३७ वर्षीय पुरुष, आँबुखैरेनी–४ का २६ वर्षीया महिला र आँबुखैरेनी–६ का ३२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    भानु–४ का ४९, २२, ४३, २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । व्यास–३ का २५, २८ वर्षीय पुरुष र बन्दीपुर–३ का ५० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । घिरिङ–१ का २९ र शुक्लागण्डकी–४ का ५४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।