एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७७, सोमबार

    तनहुँ : नेपाल रेडक्रस सोसाइटी दुम्सी उपशाखाले सञ्चालन गर्न लागेको एम्बुलेन्स सेवाका लागि सहयोग जुट्ने क्रम शुरु भएको छ । एम्बुलेन्स खरिदका लागि संस्थाले शुरु गरेको रकम सङ्कलन अभियानका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् ।

    सोही अभियानमा व्यास-१० स्थित दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाले रु ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ । केही दिन अगाडी सम्पन्न सहकारीको साधारणसभाले उक्त निर्णय गरेको सहकारीका अध्यक्ष तुलसीराम सुवेदीले जानकारी दिनुभयो ।

    विभिन्न व्यक्ति तथा संस्थाको सहयोगले एम्बुलेन्स खरिद अभियानले मुर्त रुप पाउने विश्वास गरिएको अर्थ सङ्कलन समितिका सचिव कृष्ण आचार्यले बताउनुभयो ।