तनहुँ : तनहुँमा शुक्रबार एकैपटक २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमध्ये व्यास नगरपालिकाका मात्रै १८ जना छन् । त्यस्तै घिरिङ गाउँपालिका, भानु नगरपालिकामा पनि सङ्क्रमित थपिएका छन् ।
व्यास नगरपालिका–५ का २५, ५८, २४, २०, १७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ भने सोही वडाको ५६, २१, १७, ३३ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै व्यास नगरपालिका–२ का २८ वर्षीय पुरुष, २९ वर्षीय पुरुष, ४८ वर्षीया महिला, २७ वर्षीय पुरुष, ७४ वर्षीया महिला, व्यास नगरपालिका–९ का २४ वर्षीय पुरुष, व्यास नगरपालिका–४ का ३४ वर्षीय पुरुष, व्यास नगरपालिका–१ का ३० वर्षीय पुरुष र व्यास नगरपालिका–११ का ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै भानु नगरपालिका–७ का १० वर्षीय पुरुष, ३७ वर्षीया महिला, ३९ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिका–५ का २८ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ भने ३४ र ३२ वर्षीय पुरुष पनि सङ्क्रमित छन् ।