अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७७, शनिबार

    एजेन्सी : डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी हुनुभएको छ । वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो ।

    सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरिसकेको छ भने अलजजिराले बाइडेनको पक्षमा २९० इलेक्टोरल मत प्राप्त भएको जनाएको छ ।  अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुग्छ । पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।