तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषध सहित तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ बस्ने २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ बस्ने ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् ।
प्रहरीले निजहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनरागन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको छ । पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको छ ।