२४ घण्टामा थपिए ५०२ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा थपिए ५०२ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७७, मंगलवार

    काठमाडौ : पछिल्लो २४ घन्टामा नेपालमा ५ सय २ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो समयमा ३ हजार १ सय १२ पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये ५ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

    यही समयमा २ हजार ८ सय ७८ जनाले कोरोना पनि जितेका छन् । 

    मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा नेपालभर १७ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनभाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये २०४ जना महिला हुन् भने २ सय ९८ जना पुरुष रहेका छन् । 

    यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३ सय ८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । प्रदेश १ मा ८, प्रदेश २ मा २७, गण्डकी प्रदेशमा १८, लुम्बिनी प्रदेशमा ६७ र सुदूरपश्चिम प्रदेशमा २ जना कोरोनभाइरस संक्रमित थपिएका छन् ।