राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्छ : पूर्व उपप्रधानमन्त्री यादव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्छ : पूर्व उपप्रधानमन्त्री यादव

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७७, आईतवार

    तनहुँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व. भीमप्रसाद गौतमको १३ औं दिनको पुण्यतिथिमा आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले जबसम्म राजनीति मूल्य र मान्यतामा आधारित हुँदन तबसम्म देश र जनताको हित हुन नसक्ने बताउनुभयो ।

    यादवले भन्नुभयो, “राजनीति आदर्श र लक्ष्यप्रति केन्द्रित नभएसम्म त्यो राजनीतिले देश र जनताको हित गर्न सक्दैन । त्यो राजनीति नभएर एकखालको पेशा हो ।” यादवले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै मुलुकलाई सामाजिक आर्थिक रुपान्तरणबाट अगाडी बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको औंल्याउनुभयो ।

    लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्य नेपालको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धी रहेको चर्चा गर्दै यादवले यस उपलब्धीलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । यस उपलब्धीलाई संस्थागत गर्नका लागि लोकतान्त्तिक मूल्य र मान्यता विधि र प्रकृयालाई स्थापित गर्नुपर्ने उहाँको भनाई थियो । विधिबाट शासन प्रणालीलाई अगाडी बढाउनुपर्ने बताउँदै यादवले प्रकृयागत ढङ्गबाट अगाडी बढाउनुपर्ने आवश्यकता आंैल्याउनुभयो । वर्तमान परिस्थितिमा लोकतान्त्रिक शक्ति र संस्था कमजोर हुँदै गएको बताउँदै यादवले वैचारिक सिद्धान्त र आदर्शका कुरा ह्रास हँुदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

    जनताको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहनुभएका स्वर्गीय गौतमको निधनले देशलाई अपुरणीय क्षति पुगको यादवको भनाई थियो । “शोषित पीडित जनताका पक्षमा उहाँले गर्नुभएको राजनीति, सामाजिक आन्दोलन महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “उहाँले गरेका कार्यलाई सम्झिने, कदर गर्ने गर्नुपर्छ ।” गौतमले राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई सङ्ग्रह गरेर उहाँका विषयमा पुस्तक प्रकाशित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

    मान्यतामा आधारित हुनुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व. भीमप्रसाद गौतमको १३ औं दिनको पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले जबसम्म राजनीति मूल्य र मान्यतामा आधारित हुँदन तबसम्म देश र जनताको हित हुन नसक्ने बताउनुभयो ।