शुक्लागण्डकीमा जफत गरिएका सामाग्री नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा जफत गरिएका सामाग्री नष्ट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१


    दुलेगौँडा : दशैतिहार जस्ता ठुला पर्वलाई लक्षित गर्दै तनहुँको शुक्लाण्डकी नगरपालिकाले बजार अनुगमन गर्दा जफत गरिएको म्याद गुज्रेका र लेभलिङ नभएका खाद्य तथा पेय पदार्थ नष्ट गरिएको छ ।


    जफत गरिएको पेय पदार्थसंगै घ्यू, तेल, मैदा, सुजी, चाउचाउ, मिठाई, अचार लगायतका दैनिक उपभोग्य खाद्यबस्तु सोमबार नगरपालिका परिसरमा खाल्डो खनेर पुरिएको अनुगमन टोलीका संयोजक प्रसाशकिय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो । प्रहरी, व्यवसायिक संघसंस्थाका प्रतिनिधी र पत्रकारको रोहोबरमा कानुन बमोजिम नष्ट गरिएको उहाँको भनाई छ ।


    नगरपालिकामा बढी किनमेल हुने दुलेगौडा, खैरेनीटार, कोत्रे, एक्लेखेत, हलेदी, ढोरफिर्दी, साँखे र शेराटारका ६२ पसलमा दशैँतिहारको बेला अनुगमन गरिएको थियो । तीमध्येका अधिकांश पसल मापदण्ड विपपिरत पाईएको थियो ।