वेदव्यास आश्रमलाई मादीसेती सहकारीकाे सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वेदव्यास आश्रमलाई मादीसेती सहकारीकाे सहयाेग

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०७७, मंगलवार

    तनहुँ : तनहुँकाे व्यास नगरपालिका-२ स्थित मादीसेती बचत तथा ऋण सहकारी संस्थाले व्यास नगरपालिका-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई रु सात हजार पाँच सय पाँच सहयाेग गरेकाे छ ।

    संस्थाकाे मङ्गलबार आयाेजित नियमित बैठकले आश्रम सञ्चालनका लागि सहयाेग पुर्याउन उक्त रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे । उक्त रकम सहकारीका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सांसद सरिता गुरुङले आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गर्नुभएकाे छ । महिलाहरुले सञ्चालन गरेकाे आश्रम तनहुँ जिल्लामा मात्रै नभई गण्डकी प्रदेशमै उदाहरणीय रहेकाे सांसद गुरुङले बताउनुभयाे ।

    आश्रमकी सचिव मल्लले विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुकाे सहयाेगले नै आश्रम सञ्चालनमा सहयाेग पुगेकाे बताउनुभयाे । सहकारीका कार्यवाहक अध्यक्ष सुशीला शर्माले सामाजिक उत्तरदायित्व वहनका लागि आश्रमलाई सहयाेग गरिएकाे जानकारी दिनुभयाे ।