बिहीवार सुनचाँदीको मूल्य स्थिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बिहीवार सुनचाँदीको मूल्य स्थिर

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    काठमाडौं : बिहीवार सुन र चाँदी दुवै धातुको मूल्य स्थिर रहेको छ । बुधवार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

    त्यस्तै तेजावी सुन पनि बुधवारकै दर ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार चाँदी पनि स्थिर रहेको छ । चाँदी बुधवारकै दर ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।