म्याग्दे-७ को वडा कार्यालय एक साता बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे-७ को वडा कार्यालय एक साता बन्द

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–७ को वडा कार्यालयको सेवा एक साता बन्द गरिएको छ । वडा कार्यालय नजिकैका एक पुरुषको हालै कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्न र वडालाई कोरोना सङ्क्रमणबाट सुरक्षित राख्न बिहीबारदेखि एक साताका लागि कार्यालयको सेवा प्रवाह बन्द गरिएको हो ।

    वडा कार्यालयको अनुरोध बमोजिम बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त वडाका अत्यावश्यक सेवा बाहेकका कार्य मङ्सिर १८ गतेसम्म बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।