तनहुँ : टिम नेपो तनहुँले कोरोना सम्बन्धी सचेतनासँगै मास्क वितरण गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा टिम नेपोले मङ्गलबार दमौली बजारमा सचेतनामूलक कार्यक्रमसँगै मास्क वितरण गरेको हो ।
कोरोनाको जोखिम कायमै रहेपनि मास्क लगाउने सर्वसाधारण घटेकाले सचेतनामूलक कार्यक्रमसँगसँगै मास्क वितरण गरिएको टिम नेपोका अध्यक्ष गोविन्द तिमिल्सनाले जानकारी दिनुभयो । उहॉका अनुसार २ हजार मास्क वितरण गरिएको छ ।
उक्त कार्यक्रममा सङ्घीय सांसद कलिला खान, जिल्ला ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाट लगायतको उपस्थिति रहेको टिम नेपोका संस्थापक अध्यक्ष सुजन लौडारीले जानकारी दिनुभयो ।