तनहुँ : तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौला पीडित अब्दुल गफ्फार मियॉको उपचारका लागि जापानबाट रकम सङ्कलन भएको छ । दमौली घर भई हाल जापानमा रहनुभएका अजिम मियॉको पहलमा रु ४७ हजार रकम सङ्कलन भएको हो ।
गफ्फार बचाउ अभियानको संयोजक सुदिप मियॉले सहयोगदाता सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।