वन मुद्दाका फरार सात वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वन मुद्दाका फरार सात वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, आईतवार

    तनहुँ : वन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय तोकिएका एक प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक बरभञ्ज्याङ––९ बस्ने ४२ वर्षीय अर्जुन गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गैह्रेलाई आज व्यास नगरपालिका–१२ देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७० चैत १२ गते तीन महिना कैद र रु १९ हजार सात सय ३२ जरीवानाको फैसला सुनाएको थियो । निजलाई आजै अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

    यसैगरी सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भानु नगरपालिका–१ बस्ने ३५ वर्षीय विष्णुबहादुर शाही पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०७७ असोज २१ गतेको फैसलाले १८ दिन कैद र रु दुई हजार जरीवाना भएको थियो । निजलाई पनि आजै अदालत पेश गरिएको छ ।