देवघाटमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, मंगलवार

    तनहुँ : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर देवघाट गाउँपालिकाले मंगलबार अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला थापाले महिला अझैपनि हिंसामा रहेकाले हिंसा सहेर नबस्न आग्रह गर्नुभयो । लैङ्गिक हिंसा विरुद्ध कानुनमा मात्र नभई व्यहारमा लागु हुनुपर्ने उहॉको जोड थियो ।

    प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले लैङ्गिक हिंसाको अन्त्य बोलेर मात्र नभई व्यावहारिक रुपमा हुनुपर्नेमा जोड दिनुभयो । देवघाट गाउँपालिका ५ वडाअध्यक्ष एवं प्रवक्ता याल बहादुर गुरुङले कोरोना महामारीको अवस्थामा महिलाहरूको आत्महत्या दर बढेको, घरेलु तथा अन्य प्रकारका हिंसा बढेको बताउनुभयो ।