शुक्लागण्डकी जेसीजको अधिवेशन आज, अध्यक्षमा ५ जना आकांक्षी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी जेसीजको अधिवेशन आज, अध्यक्षमा ५ जना आकांक्षी

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७७, बुधबार

    दुलेगाैडा : शुक्लागण्डकीका युवाहरुलाई नेतृत्व बिकासमा उत्प्रेरित गर्दै सामाजिक कार्यमा अग्रसर बनाउदै आएको सामाजिक संस्था शुक्लागण्डकी जेसिजको १९ औँ शाखा साधारणसभा तथा १८ औँ अधिवेशन बुधबार आज हुँदैछ ।

    दुलेगौँडास्थित होटल मिडटाउनमा कार्यक्रम हुने अध्यक्ष मदन श्रेष्ठले बताउनुभयाे । अधिवेशनको तयारी पूरा भएको र कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड कायम गरी कार्यक्रम गरिने उहाँले बताउनुभयाे ।

    सन् २००३ मा भरतबहादुर खड्काको नेतृत्वमा स्थापित शुक्लागण्डकी जेसिजले १७ औँ बसन्त पार गर्दै लक्का जवान संस्था बनेको छ । विभन्न आरोह अवरोह पार गर्दै सामाजिक कार्यमा अग्रसर जेसिजलाई बर्ष २०२१ मा हाँक्नलाई ५ जना युवाले अध्यक्ष बन्ने ईच्छा प्रकट गरेको जेसिज स्रोतले जनाएको छ ।

    हाल अध्यक्ष सल्लाहाकार समेत रहेका शिव विक, कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठ, कार्यकारणि उपाध्यक्षद्धय क्षितिज थापा र ईश्वरकुमार श्रेष्ठ, महासचिव रमेश भुजेल अध्यक्षको दाबेदार हुनुहुन्छ । यीमध्ये शिव विक र कृष्णबहादुर श्रेष्ठ बलिया उम्मेदवार मानिन्छन् । किनकी गतबर्ष पनि अध्यक्ष बन्ने होडमा रहेका यी दुवैले अन्तिममा आएर मदन श्रेष्ठलाई नेतृत्व सुम्पिएका थिए । तसर्थ यी दुईमा एक अध्यक्ष बन्नेछन् । यी दुई टसमस नभई एकअर्कालाई अन्य ३ जनाको पनि सम्भावना देखिन्छ नै ।