सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    काठमाडौं : बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ। बुधबार ९३ हजार ४०० मा कारोबार भएको थियो। 

    तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँले घटेको छ। बुधबार ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।  चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० तोकिएको छ।