शुक्लागण्डकीका कोरोना सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका कोरोना सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । ७४ वर्षीय पुरुषको बिहीबार बिहान चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    ती पुरुषमा मङ्सिर २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । व्यास नगरपालिकाका छ, शुक्लागण्डकी नगरपालिकाका तीन, भीमाद नगरपालिकाका पाँच, म्याग्दे गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।