काठमाडौं : डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवा हुनुभएकाे छ । मन्त्रिपरिषद्को बैठकले बिहीबार पोखरेललाई एआईजीमा बढुवा गरेको हो।
भावी प्रहरी महानिरीक्षक (आईजीपी)का रूपमा हेरिएका उनको पदस्थापन अपराध अनुसन्धान विभागमा भएकाे छ। बुधबार उहाँको बढुवा सिफारिस रद्द गर्न संसदको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको थियो। तर, सरकारले समितिको निर्देशन नमानेर बढुवा गर्ने निर्णय गरेको हो।