बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनलमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन : गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा राप्ती टिम फाइनल प्रवेश गरेको छ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतवार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।

    लगातार दोस्रो खेलमा पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।

    १ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

    यस्तै अनिल शाहले २२ रन जोडे । रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३ र १३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे । रोमाञ्चक खेलको १८ औं ओभरमा अविनासले लगातार विकेट लिएपछि राप्तीले सहज जित निकालेको हो ।

    राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र बसन्त कार्कीले समान २र२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो ।

    राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३३ बलको सामना गरेका अमितले २ चौका र छक्का प्रहार गरेका थिए । शरद भेषावकर र कप्तान बिनोद भण्डारीले समान २१र२१ रन जोडे । यस्तै लोकेश बमले १५ तथा कमल सिंह ऐरीले १६ रन बनाए ।

    बागमतीका सोमपाल कामी, सगर ढकाल र रशिद खानले समान २ र २ विकेट लिए । यस्तै ललित राजबंशी र बिक्रम सोबले १र१ विकेट हात पारे ।

    फाइनलमा राप्ती र नारायणी भिड्ने छन् । दुवै टोली एक खेल अगावै फाइनल पुगेका हुन् । फाइनल पुगेका राप्ती र नारायणीबीचको खेल सोमवार हुनेछ ।

    मंसिर ३० गते फाईनल खेल हुनेछ ।