अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश

    खबरपुञ्ज संवाददाता

    २७ मंसिर २०७७, आईतवार

    काठमाडौं : विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने आदेश गरेको छ ।   ललिता निवास जग्गा प्रकरणमा मुछिएका बस्न्यातलाई  थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको  विशेष अदालतका  प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयाे । बस्न्यातविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो र ८ देखि १० वर्षसम्मको कैद सजाय माग दाबी गरिएको थियो । 

    विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातको बयान भएको थियो ।  अख्तियारले बस्न्यातमाथि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहँदा जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको दाबी गर्दै कारवाहीको माग गरेको थियो ।  सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएका, नेपाल सरकारलाइ हानी पु¥याउन बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको आरोपपत्रमा उल्लेख थियो । 

    ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीनपूर्वमन्त्री र अख्तियारकै पूर्वप्रमुख बस्न्यातसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  सो  प्रकरणमा १ सय १० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।