बाइसजाँगरमा कोसेली घर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    बाइसजाँगरमा कोसेली घर

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    तनहुँ : तनहुँको भानु नगरपालिका–९ स्थित बाइसजाँगरमा कोसेली घर स्थापना गरिएको छ । रैथाने बीउ विजनको प्रबद्र्धन गरी स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक कृषि उपजहरुको विक्री वितरण गर्ने उद्देश्य सहित कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

    कोसेली घरबाट कृषकहरुले उत्पादन गरेका अर्गानिक र स्थानीय रैथाने जातका कृषि उपज सुपथ मूल्यमा विक्री वितरण गरिने जैविक विविधता संरक्षण समितिका अध्यक्ष विकलराज अधिकारीले जानकारी दिनुभयो ।

    कोसेली घरको उद्घाटन गर्दै भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले रैथानी बालीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।