मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय ?

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७७, शुक्रबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ। हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा हुनुभएको छ।

    पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री हुनुभएको छ ।

    त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री हुनुभएको छ भने दावा लामा युवा तथा खेलकुद मन्त्री हुनुभएको छ ।

    जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बन्नुभएको छ ।

    यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बन्नुभएको छ ।

    यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बन्नुभएको छ भने भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

    (स्रोत : नेपाल प्रेस डटकम)