जन्मदिनमा श्रेष्ठद्वारा आश्रमलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जन्मदिनमा श्रेष्ठद्वारा आश्रमलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७७, बुधबार

    तनहुँ : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले जन्मदिनको अवसरम व्यास-५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई सहयोग गर्नुभएको छ । श्रेष्ठले आश्रमलाई बुधबार रु १० हजार एक सय पॉच सहयोग गर्नुभएको हो ।

    जन्मदिनको अवसरमा महिलाद्वारा सञ्चालित आश्रमलाई सहयोग गर्न पाउँदा खुशी लागेको श्रेष्ठले बताउनुभयो ।

    आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले आश्रमलाई स्थापनाकालदेखि नै सहयोग गर्दै आउनुभएका श्रेष्ठलाई फूलमालाले सम्मान गर्नुभयो ।

    सो अवसरमा श्रेष्ठले आश्रमको निर्माणाधीन भवनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    जन्मदिन लगायत विभिन्न अवसर पारी आश्रममा गरिने सहयोगले आश्रम सञ्चालनमा सहजता मिलेको सचिब निर्मला मल्लले बताउनु भयो ।दाताहरुकै भरमा चलेको यस आश्रमलाई आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग मिल्ने अपेक्षा गरिएको मल्लले बताउनुभयो ।


    यसैगरी बुधबार नै व्यास-१ गल्वुवेशी निवासी ऋषि क्षेत्री र मेनुका क्षेत्रीबाट आफ्नो ममतामयी आमाको सम्झनामा नगद एक हजार एक सय पॉच सहित खाद्यान्न सहयोग गर्नुभएको आश्रमकी सदस्य अन्जु दाहालले जानकारी दिनुभयो ।