म्याग्देको आठौ सभा : चार ऐन, दश कार्यविधि पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देको आठौ सभा : चार ऐन, दश कार्यविधि पारित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाको आठौ सभाले चार ऐन तथा दश कार्यविधि पारित गरेको छ । बिहीबार सम्पन्न सभाले विभिन्न ऐन तथा कार्यविधि छलफलपश्चात् पारित गरेको हो ।

    गाउँपालिका अध्यक्ष मायादेवी रानाकाे अध्यक्षतामा सम्पन्न सभाले स्वास्थ्य तथा सरसफाई, कर तथा गैरकर राजश्व, जलस्रोत र अनाथ तथा जोखिमयुक्त बालबालिका व्यवस्थापन ऐन पारित गरेको गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँसभाले विभिन्न २३ वटा निर्णय पारित गरेको छ ।

    गाउँसभाले चालु आर्थिक वर्षको बजेट संशोधन तथा केही शीर्षकमा बजेट कटौती गर्ने निर्णय गरेको छ ।