शुक्लागण्डकी जेसीजले पूर्णता पायाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी जेसीजले पूर्णता पायाे

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७७, आईतवार

    दुलेगाैडा : शुक्लागण्डकी जेसीजकाे वर्ष २०२१ को कार्यसमितिले पूर्णता पाएको छ । अधिवेशनमा निर्वाचन भएका बाहेकका पदमा आइतबार मनोनय गरेपछि कार्यसमितिले पूर्णता पाएको हो ।

    १८ औँ अधिवेशनबाट अध्यक्षमा कृष्णबहादुर श्रेष्ठ निर्वाचित हुनुभएकाे थियाे । कार्यकारणी उपाध्यक्षमा रमेश भण्डारी र सन्तोष श्रेष्ठ विजयी हुनुभएकाे थियाे भने उपाध्यक्षमा दिपेन्द्र रिमाल, सुरज लम्साल र पुकार श्रेष्ठ सर्वसम्मत हुनुभएकाे थियाे ।

    १५ सदस्य आइतबार मनोनयन गरेपछि २१ सदस्यीय कार्यसमिति बनेको छ । निवर्तमान अध्यक्ष मदन श्रेष्ठ, कानुनी सल्लाहाकार शिवबहादुर विक, सचिवमा अनिष ढकाल, कोषाध्यक्षमा सुशील भुजेल, अध्यक्ष सल्लाहकारमा ईश्वरकुमार श्रेष्ठ, सहसचिवमा आशिष श्रेष्ठ, सहकोषाध्यक्षमा रोशन हमाल मनोनित हुनुभएकाे छ। उपाध्यक्षमा सुरज राम्जाली, शाखा सम्पादकमा दिपेन्द्र पौडेल, वृद्धि सभापतिमा शंकर पन्त, प्रकरण सभापतिमा सागर लामीछाने, अर्थ संकलनमा देवेन्द्र ढुंगाना, सञ्चारमा प्रकाश विक र जनसम्पर्कमा सुस्मिना भुजेल चयन हुनुभएकाे छ। आगामी पुस २४ गते पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम हुँदैछ ।