काठमाडौं : नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीमा बढुवा हुनुभएका ९ जना प्रहरी अधिकृतले दर्ज्यानी चिन्ह लगाउनुभएकाे छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच ९ जना डिआईजीलाई फूली लगाइदिनुभएकाे हाे ।
गृह मन्त्रालयले बुधवार मन्त्रीस्तरको निर्णयबाट बढुवा सिफारिस भएका एसएसपीहरु गणेश बहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेश कुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्द राज आचार्यलाई डिआईजीमा बढुवा गरेको थियो।
आईजीपी थापा क्षेत्रीले पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिनुभयाे ।