शुक्लागण्डकी जेसीजमा नयाँ पदाधिकारीको पदस्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी जेसीजमा नयाँ पदाधिकारीको पदस्थापना

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७७, शुक्रबार

    दुलेगौँडा : शुक्लागण्डकी जेसीज बर्ष २०२१ का लागी निर्वाचित तथा मनोनित भएका निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार दुलेगौँडामा आयोजना गरिएको १९ औँ पदस्थापना तथा पदभार हस्तानतरण कार्यक्रममा पदभार ग्रहण गरेका हुन् । बर्ष २०२० का अध्यक्ष मदन श्रेष्ठले बर्ष २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई सपथ ग्रहण गराउदै पदभार हस्तानतरण गर्नुभयो ।


    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसीज बर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालले प्रतिनिधी सभा विघटन गरेर चुनावमा जादाँ मुलुकलाई आर्थिक भार बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पार्टीले निर्वाचित भएर गएपछि पाँच बर्ष पुरा कार्यकाल काम गर्नुपर्छ । बिचैमा विभिन्न वाहाना बनाएर निर्वाचनमा जादाँ मुलुकलाई आर्थिक भार बढ्छ ।’ प्रतिनिधी सभा विघटनको बिरोधमा जेसीज सडकमा उत्रन पनि सक्ने उहाँको चेतावनी छ । जेसीजमा जस्तो राजनितिमा पनि नेतृत्व हस्तानतरण हुन नसक्दा देश पछाडी परेको उहाँले बताउनुभयो ।


    जेसीज तालिमको विश्वविद्यालय रहेको उहाँले दाबी गर्नुभयो । बर्ष २०२१ मा सिपमुलक र व्यवसायिक तालिम गराउने उहाँले जानकारी दिनुभयो । जेसीजमा आबद्ध युवामा संस्कार र अनुशासन हुनुपर्ने खनालले आवश्यकता औल्याउनुभयो । समाजका लागी उदाहरण बन्न उहाँको अनुरोध छ ।


    नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्लागण्डकीको अध्यक्ष मुक्तिनाथ तिम्सिनाले विधी, विधान र संसदिय अभ्यासको सिको जेसीजबाट सिक्नुपर्ने बताउनुभयो । मुलुकमा विधी भन्दा व्यक्ति हावी भएको उहाँको भनाई छ ।


    नेपाली कांग्रेस शुक्लागण्डकी नगर कमिटि सभापति माधव भट्टराईले समाज परिर्वतन र राजनितिक स्वच्छताका लागी जेसीज नमुना रहेको उल्लेख गर्नुभयो ।


    कार्यक्रममा जेसीआई सिनेटर जगत पोखरेल, नेपाली कांग्रेसका जिल्ला सदस्य भक्त श्रेष्ठ, लायन्स क्लब अफ ३२५ वि वान नेपालका डिस्ट्रिक एडभाईजर सन्तोष घिमिरे, नारायणगढ जेसीजका अध्यक्ष बासुदेव दवाडी लगायतले बोल्नुभएको थियो ।