तनहुँ : माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटधाममा भीडभाड नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । सार्वजनिक सूचना प्रकाशित गरी गाउँपालिकाले माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा हजारौ भक्तजनको भीड लाग्ने भएकाले यस वर्ष कोभिडको जोखिमलाई ध्यानमा राख्दै भीडभाड नगर्न अपिल गरेको हो ।
माघे सङ्क्रान्ति पर्वलाई मध्यनजर गरी विभिन्न व्यक्तिबाट स्टल तथा टहरा राखी व्यवसाय सञ्चालन गर्ने अवस्था देखिएको सन्दर्भमा कोभिडको सङ्क्रमण बढिरहेको र जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ ।