सङ्घको रोग प्रदेशमा सर्न हुँदैन : मन्त्री चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    सङ्घको रोग प्रदेशमा सर्न हुँदैन : मन्त्री चुमान

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७७, बुधबार

    तनहुँ : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संसद विघटनको रोग प्रदेशतर्फ सर्न नहुनेमा जोड दिनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाको बुधबार आयोजित आठौ गाउँसभाको उद्घाटन गर्दै मन्त्री चुमानले संसद विघटनको रोग प्रदेशतर्फ सर्न नहुने र त्यसका लागि आफूले बहस गर्दै आएको बताउनुभयो ।

    पार्टीभित्रको विवादका कारण संसद विघटन भएकाले पार्टीको विवादको छायाँ संसदमा पर्न नहुने मन्त्री चुमानको भनाई थियो । “आफ्नो मन्त्री पद जोगाउन हरि चुमानले यस्तो बहस चलाएको भन्ने पनि सुनिन आएको छ, मलाई पदको कुनै लोभ छैन,” उहाँले भन्नुभयो ।

    प्रदेश पनि विघटन हुने हो भने सङ्घीयता धरापमा पर्ने भन्दै मन्त्री चुमानले सङ्घीयता रक्षाका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । विघटित संसद पुर्नस्थापना हुनुपर्ने र त्यसो भएको खण्डमा पार्टी पुनः एकैठाउँमा आउन सक्ने उहाँको जोड थियो ।